अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने

NAWALPUR TIMES

अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्ने
afganisthan1618389587 1200

अमेरिकी राष्ट्रपति जो बाईडेनले आगामी सन २०२१ को सेप्टेम्बर ११ तारिखसम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फर्काउने भएका छन।

अहिले अफगानिस्तानमा २ हजार ५ सय अमेरिकी सेना बाँकी छन।

अमेरिकी राष्ट्रपतिले २० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लिने योजना बनाएका हुन। अल कायदाले अमेरिकामा हमला गरेको २० वर्षपछि सेना फर्काउन लागिएको हो।

डेमोक्र्याटिक राष्ट्रपतिले बुधवार सार्वजनिक रूपमा आफ्नो निर्णय घोषणा गर्नेछन।

बाईडेनको निर्णयले अफगानिस्तानमा स्थायी शान्ति स्थापना गर्न अमेरिकी सेनाको उपस्थिति निर्णायक हुनेछैन भन्ने निष्कर्षमा पुगेको बताईएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology