अब मोबाइल एपबाटै सोह्र श्राद्धको ‘सीदा दान’

NAWALPUR TIMES

अब मोबाइल एपबाटै सोह्र श्राद्धको ‘सीदा दान’
hamropatro featured

मोबाइल एप्लिकेशन ‘हाम्रोपात्रो’ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ । कोभिड-१९को संक्रमण फैलन सक्ने जोखिम र जारी निषेधाज्ञाको समयमा पुण्य कर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।अहिलेको अवस्थामा पण्डित/गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा हाम्रोपात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदा दान गर्ने विधि सार्वजनिक गरेको हो।

यो सेवा अन्तर्गत हाम्रोपात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कलमार्फ त् सीदादानको प्रक्रिया सम्पन्न गर्न सघाउने छन् । “अहिलेको विषम परिस्थितिमा पितृस्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनुभन्दा सीदादान गरी पितृहरुलाई तृप्त गराउनु उपयुक्त हुनेछ,” ज्योतिषगुरु नारायणप्रसाद दुलाल बताउँछन्,  “यसो गर्दा कम्तिमा पनि पितृहरुको दोष लाग्ने छैन र पुण्य प्राप्त गर्न सकिनेछ ।”

“यसअघि पनि मय नहुने अथवा देशदेखि पर भएकाहरुले मठ मन्दिरमा गएर अथवा नजिकैको गुरुपण्डितहरु भएको स्थानमागएर पितृहरुको भोजन भागस्वरुप पँहेलो दाल, चामल, घ्यू, तेल, तरकारीलगायतका अन्य चोखो सामाग्रीहरु भाग लगाएर पितृलाई सम्झेर दान दिने गरिन्थ्यो ।”

गुरु दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि मध्यान्न १बजेसम्म तथा विदेशमा रहेका धर्मप्रेमीहरुका लागि नेपाली समयानुसार राति ७ देखि १० बजेसम्म योसेवा उपलब्ध हुनेछ।

सीदा दानको सेवा लिएबापत नेपालभित्रको प्रयोगकर्ताले रु. ५०० (पाँचसय), अष्ट्रेलिया बस्ने नेपालीले अष्ट्रेलियाको१५डलर तथा अमेरीकाका नेपालीहरुलेअमेरिकी डलर९.९९ खर्चिए पुग्छ । नेपालभित्र ईसेवा (eSewa), खल्ती (Khalti) तथाकनेक्टआइपीएस (Connect IPS) मध्ये तपाईंसँग उपलब्ध रहेको विकल्प चयन गरी टिकट किन्नुहोस् । नेपालबाहिरका लागि भने मास्टरकार्ड (Mastercard), भिजा (Visa), पेपाल (PayPal) आदि माध्यम प्रयोग गरी भुक्तानी गर्न सकिन्छ ।

हाम्रो पात्रोको वेबसाइटमा बुधबारदेखि उपलब्ध हुने ‘हाम्रोपात्रो’ को योसेवा एपमा रिलिज हुन भने केही दिन लाग्नेछ। यो सेवा सोह्रश्राद्ध अवधिभर प्रयोग गर्न सकिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology