अब दुम्कौलीमै सर्पदंशको उपचार

NAWALPUR TIMES

अब दुम्कौलीमै सर्पदंशको उपचार
download 1

कावासोती । सर्पदंशको उपचार अब नवलपुरको दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा हुने भएको छ ।

२४ घण्टे आकस्मिक सेवा सहित सर्पदंशको उपाचार सेवा सोमबार बाट दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सुरु भएको हो ।

दुम्कौलीको देवचुली नगर अस्पतालमा सर्पदंशको सेवा सुरु भए सँगै यस क्षेत्रका सर्पदंशका बिरामीलाई मध्यविन्दु जिल्ला अस्पताल र चितवनको भरतपुर जानू पर्ने बाध्य्ता हटेको हो ।

देवचुली नगरपालिकाले आ.व २०८०/०८१ का लागि २४ घण्टा नगर अस्पताल सञ्चालनार्थ आवश्यक जनशक्ति व्यवस्थापनको लागि १ करोड १० लाख विनियोजन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार देवचुली नगरपालिकामा आर्थिक बर्ष २०७९/०८० मा ४ जना पुरुषलाई सर्पले टोकेको छ । यस्तै नवलपुर जिल्लामा मात्रै यो आ.वमा विषालु सर्पले टोकेका १२ महिला र १५ पुरुष गरि २७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसै गरि जिल्लामा सामान्य सर्पले टोकेको १ सय ८५ पुरुष र १ सय ७७ महिला गरि ३ सय ७२ संख्या रहेको छ स्वास्थ्य कार्यालय दिएको तथ्यांकमा उल्लेख छ ।

सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झम्झमाउने जस्ता सामान्य लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology