अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगर युवा संजाल रक्तदान कार्यक्रम गर्दै

NAWALPUR TIMES

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगर युवा संजाल रक्तदान कार्यक्रम गर्दै
IMG 20240809 WA0000

कावासोती । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कावासोती नगरपालिकाको नगर युवा संजालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

यहि साउन २७ गते मध्यविन्दु बहुमुखी क्याम्पस प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको नगर युवा संजाल कावासोतीका अध्यक्ष पवन भुर्तेलले बताए ।

नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा र मध्यविन्दु बहुमुखी क्याम्पसको समन्वय, कन्लान र जागृती बाल तथा युवा सरोकार नेपालको सहयोग तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भुर्तेलले बताए । रक्तदान बिहान ७:३० देखि सुरु हुने छ ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology