अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको २५ वर्षे यात्रा

NAWALPUR TIMES

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको २५ वर्षे यात्रा
1584940674nepal team

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको आइतबार २५ वर्ष लागेको छ।

सन् १९९६ को सेप्टेम्बर ६ मा नेपालले मलेसियामा एसिसी च्याम्पियन्सिपमा बंगलादेशविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो। वर्षाले विथोलिएको उक्त खेलमा भने नेपाल पराजित भएको थियो।

२५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले डिभिजन-५ खेल्दै एकदिवसीय टिमसम्मको यात्रा गरिसकेको छ। नेपालले सन् २०१४ को टी-२० विश्वकप खेलेर इतिहास बनाएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २५ वर्ष पुगेको अवसरमा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो ब्याचको राष्ट्रिय टिमलाई बधाइ दिएका छन्।

उनले नेपाली टिमले अझै धेरै सफलता प्राप्त गर्न बाँकी रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेलेका उपकप्तान एलबी क्षेत्रीले पनि उक्त खेल स्मरण गर्दै गर्व महसुस लागेको बताएका छन्।

उनले त्यतिबेला नेपाली टिमबाट खेल्ने सबै खेलाडीको सम्झना गरेका छन्। तस्बिर क्यान

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology