चन्द्रा महतो/नवलपुर
कावासोतीमा १३ औं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा सचेतना कार्यक्रम संगै गिद्ध गणना कार्यक्रम हुने भएको छ ।
गिद्द संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जटायु रेष्टुरेण्टले सो कार्यक्रम तय गरेको हो । हरेक सेप्टेम्बर ४ मा अन्तराष्ट्रिय गिद्द सचेतना दिवस मनाइने गरिन्छ । सो अवसरमा नवलपुरमा रहेको जटायु रेष्टुरेण्टले यो वर्ष फरक तरिकाले कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । यो वर्षा जिल्लामा रहेका पथप्रर्दशक (गाईड) हरुलाई विशेष गरेर गिद्धको दिगो संरक्षण तथा पर्या पर्यटन प्रबर्द्धन बारे जानकारी दिने उद्धेश्य रहेको जटायु रेष्टुरेण्ट व्यवस्थापन समितीका संयोजक डि।बि चौधरीले जानकारी दिनु भएको छ ।
प्रकृती संरक्षण तथा पर्यापर्यटनमा गाईडको महत्वपूण भूमिका रहेको हुदा विशेष प्राथमिकतामा गाइडलाइ दिइएको छ । गिद्ध संरक्षणको प्रयास र अवस्था बारे जानकारी दिने योजना, विश्व र नेपालमा गिद्धको जानकारी दिनुको साथै अवस्था र गिद्द गणना कसरी गर्ने बारे जानकारी समेत दिने कार्यक्रम तय गरिएको छ ।
प्रकृतीको कुचिकार मानिने अति संकटापन्न प्रजातिका गिद्दको महत्व बारे सचेत कार्यक्रम शनिबार कावासोतीमा रहेको जटायु रेष्टुरेण्ट व्यवस्थापन समितीको कार्यालयमा हुने भनिएको छ ।
प्रकाशित : २०७८ भदौ १७ गते १२:४७
Facebook Comment