अनसनरत डा. केसीको रोगप्रतिरोधात्मक क्षमता कम, संक्रमणको खतरा

NAWALPUR TIMES

अनसनरत डा. केसीको रोगप्रतिरोधात्मक क्षमता कम, संक्रमणको खतरा
Govind3 1600600494

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार विज्ञप्ति निकालेर डा. केसीले परीक्षण गर्न नमानेकाले स्वास्थ्यमा समस्या देखिएको बताएको हो ।

रगतमा चिनीको मात्रा कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन थालेको, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जुम्लाको चन्दननाथ- ६, रानीचौरमा रहेको बाबिरा मन्दिरमा अनसन बसेका डा. केसीलाई शनिबार राति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको हो । डा. केसीले माग पूरा नभएसम्म उपचार नगर्ने अडान राखेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology