अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण
NAWALPUR TIMES प्रकाशित : २०७८ असार १९ गते २१:००
Mero share demat account techpana
काठमाडौं । हरेक वर्ष असार मसान्तमा डिम्याट (हितग्राही) खाता र मेरो शेयर नवीकरण गर्नुपर्ने हुन्छ । त्यसैअनुसार निक्षेप सदस्यहरुले प्रयोकगर्तालाई असार मसान्तसम्म डिम्याट खाता र मेरो शेयर नवीकरण गर्ने सूचनामार्फत जानकारी दिइरहेका छन् । यस्तो डिम्याट तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषय धेरैका लागि चासोको विषय बनिरहेको छ ।
कोभिड–१९ कारण पहिलो जस्तो कार्यालयमै पुगेर डिम्याट तथा मेरो शेयर नवीकरण अवस्था छैन । हुन त सेवाप्रदायकले कार्यालयबाट पनि सेवा दिइरहेका छन् । तर, त्योभन्दा पनि दूरी कायम राख्नुपर्ने अहिलको अवस्थामा कार्यालयमा लाइन बस्न किन जाने ? जब कि प्रविधिले घरबाटै डिम्याट तथा मेरो शेयरको खाता नवीकरण गर्न सकिने सुविधा दिएको छ ।
यदि डिम्याट तथा मेरो शेयरको खाता नवीकरण नभएको खण्डमा आईपीओ भर्नदेखि लगायतका कुनै पनि कारोबार गर्न सकिँदैन । पछिल्लो समय धेरै कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेका छन् । यस्तोमा डिम्याट खाता नवीकरण नगर्नु भनेको उक्त कम्पनीहरुको आईपीओमा आवेदन गर्नबाट नै वञ्चित हुनु पनि हो ।
त्यसैले यहाँ हामी तपाईंले अनलाइबाटै डिम्याट खाता तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं । त्यसका लागि सुरुमा डिम्याट खाता तथा मेरो शेयर कहिले नवीकरण गर्नुपर्छ भन्ने विषय जनकारी हुन आवश्यक छ ।
खाता कहिले नवीकरण गर्ने ?
डिम्याट खाता तथा मेरो शेयर खाताको नवीकरण समय एउटै हुँदैन । किनभने डिम्याट खाता हरेक आर्थिक वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ । भने, मेरो शेयरको खाता तपाईंले खाता खोलेको मितिले एक वर्षमा नवीकरण गर्नुपर्छ । यदि तपाईंलाई मेरो शेयर खाता कहिले खोलेको हो भन्ने जानकारी छैन भने तपाईंले सहजै रुपमा मेरो शेयरबाट यो जानकारी लिन सक्नुहुनेछ ।
कसरी थाहा पाउने कहिले नवीकरण गर्ने भनेर ?
त्यसका लागि मेरो शेयरको वेबसाइटमा सुरुमा लगइन गर्नुपर्ने हुन्छ । हुन त मेरो शेयरको मोबाइल एप पनि उपलब्ध छ । तर, उक्त एपमा भने यो सुविधा उपलब्ध छैन । जब तपाईंले वेबमा मेरो शेयर लगइन गरी ड्यासबोर्डमा पुग्नुहुन्छ, तब त्यहाँ दायाँ साइडको माथि तपाईंको नाम देख्नुहुनेछ ।
अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण 8
उक्त नाममा क्लिक गरेसँगै तपाईंले त्यहाँ व्यक्तिगत विवरण भएको स्थानमा पुग्नुहुनेछ । जहाँ तपाईंले ‘अकाउन्ट इन्फर्मेसन’ भन्ने सेक्सनमा डिम्याट र मेरो शेयरको एक्सपायर हुने मिति देख्नुहुनेछ । त्यहाँ उल्लेख भएको मितिभन्दा अगाडि नै मेरो शेयर र डिम्याट खाता नवीकरण गर्नुपर्ने हुन्छ ।
अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण 9
नवीकरण कसरी गर्ने ?
अब नवीकरण गर्ने कसरी त ? डिम्याट खाता र मेरो शेयर जुन कम्पनीबाट लिएको हो, त्यहाँ गएर पनि नवीकरण गर्न सकिन्छ । त्यतिमात्रै नभएर ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे लगायतका मोबाइल वालेटबाट पनि मेरो शेयर तथा डिम्याट खाता नवीकरण गर्न सकिन्छ । त्यस्तै सम्बन्धित बैंकमा गएर पनि खाता नवीकरण गर्न सकिने सुविधा रहेको छ ।
तर, अहिलेको अवस्था किन कार्यालय धाइरहने ? त्यसैले यहाँ हामी तपाईंलाई अनलाइबाटै भुक्तानी गर्ने सहज तरिका सिकाउँदै छौं । वालेट कम्पनीहरुका अनुसार नवीकरणको गर्ने प्रक्रियामा केही फरक होला । तर, यहाँ हामी तपाईंले मेरो शेयरबाटै कसरी नवीकरण गर्ने भन्ने विषयमा जनकारी दिँदैछौं ।
त्यसका लागि हामीले माथि नै डिम्याट खाता र मेरो शेयरको समय कहिले सकिँदै छ भनेर हेर्न सिकाएका छौं । अब सुरुमा तपाईं आफ्नो नाममा क्लिक गरी त्यहीँ पुग्नुहोस् । जहाँ तपाईंले म्याद सकिने समय हेर्नुभएको थियो । अब त्यहाँ तपाईं निलो बक्समा ‘रिन्यु अकाउन्ट’ भन्ने देख्नुहुनेछ । ‘रिन्यु अकाउन्ट’ मा क्लिक गरी अब अगी बढ्नुहोस् ।
अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण 10
‘रिन्यु अकाउन्ट’ मा क्लिक गरेसँगै नयाँ पेजमा तपाईंले ईसेवा, खल्ती, कनेक्ट आईपीएस जस्ता पेमेन्ट पार्टनर देख्नुहुनेछ । त्यसमध्य अब तपाईं कुन सेवा प्रदायकबाट भुक्तानी गर्न चाहानुहुन्छ उक्त सेवा प्रदायकको लोगोमा क्लिक गर्नुहोस् ।
अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण 11
त्यहाँ क्लिक गरेसँगै अब नयाँ पेजमा तपाईंले डिम्याट खाता वा मेरो शेयर कुन नवीकरण गर्ने हो भनी छनोट गर्न सक्नुहुनेछ । अथवा दुवै एकै पटक नवीकरण गर्ने हो भने पनि त्यो पनि विकल्प रहेको छ ।
यदि दुवै एकपटक नवीकरण गर्ने हो भने ‘मेरो शेयर एण्ड डिम्याट’ बक्समा क्लिक गर्नुहोस् । यदि छुट्टा छुट्टै नवीकरण गर्ने हो भने आफूले कुन सेवा नवीकरण गर्ने लागेको हो उक्त सेवा छनोट गर्नुहोस् ।
अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण 12
तपाईंले सेवा छनोट गेरसँगै उक्त सेवा नवीकरणको लागि कति शुल्क लाग्छ भन्ने जानकारी त्यसको तल उपलब्ध हुनेछ ।
अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण 13
यदि कुनै लगानकिर्ताले एक वर्षभन्दा बढी अवधिको लागि नवीकरण गर्न इच्छा भएमा पनि गर्न सकिने सुविधा रहेको छ। सेवा छनोट गरेसँगै त्यसको तल बक्समा कति वर्षको लागि नवीकरण गर्ने हो, त्यो छनोट गरी अन्तिममा रहेको ‘प्रोसिड’ मा क्लिक गरी अघि बढ्न सकिने छ ।
अनलाइनबाट यसरी गर्नुहोस डिम्याट र मेरो शेयर खाता नवीकरण 14
‘प्रोसीड’ मा क्लिक गरेसँगै तपाईंले छनोट गर्नुभएको पेमेन्ट पार्टनरको वेवसाइटमा तपाईं पुग्नुहुनेछ । जस्तो यदि तपाईंले ईसेवा छनोट गर्नुभएको छ भने ईसेवाको पेज, खल्ती छनोट गर्नुभएको भए खल्तीको वेब पेज र कनेक्ट आईपीएस भएको खण्डमा कम्पनीको वेब पेजमा पुग्नुहुनेछ ।
जहाँ तपाईंले सम्बन्धित सेवाप्रदायकको जानकारी (युजर नेम र पासवर्ड) हाली लगइन गर्न सक्नुहुनेछ र अन्त्यमा तपाईंको मोबाइल नम्बरमा आएको कोड हाली पेमेन्टमा क्लिक गरी भुक्तानी गर्न सक्नुहुनेछ । यति गरिसक्दा तपाईंको डिम्याट तथा मेरो शेयर खाता नवीकरण हुनेछ । भने, तपाईंको शेयर कारोबारमा कुनै असर पर्नेछैन ।-टेकपाना बाट
Facebook Comment