अनलाइनबाट बिजुलीको बिल तिर्दा थप शुल्क लाग्ने

NAWALPUR TIMES

अनलाइनबाट बिजुलीको बिल तिर्दा थप शुल्क लाग्ने
1616123706197

काठमाडौं । हरेक क्षेत्रले अनलाइन भुक्तानीलाई आकर्षित गरिरहेका बेला नेपाल विद्युत प्राधिकरणले भने यसविपरित व्यवस्था ल्याउने तयारी गरेको छ ।

प्राधिकरणले पाँच सय रुपैयाँभन्दा माथिको विद्युत महसुल भुक्तानीमा सेवाग्राहीले थप शुल्क तिर्नुपर्ने व्यवस्था गर्न लागेकाे छ ।

यसअन्तर्गत भुक्तानी सेवाप्रदायकले प्रतिकारोबार ५ रुपैयाँसम्म सेवाशुल्क लिन पाउने व्यवस्था गर्न लागिएकाे हाे ।

अनलाइनबाट बिजुलीको बिल तिर्दा थप शुल्क लाग्ने 2

प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो सेवा शुल्कको शर्त पालना गर्ने गरी बिजुलीको बिल भुक्तानी गर्ने सेवा प्रदायकका रुपमा छनोट हुन प्रस्ताव आह्वान गरेको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology