अध्यादेशको समर्थनमा प्रदर्शन र र्‍याली

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २९ गते १८:५२
अध्यादेशको समर्थनमा प्रदर्शन र र्‍याली
received 642783517640525

कावासोती । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको तत्काल रिहाई र सरकारले ल्याएको मुलुकी फौजदारी संहिता कार्यविधि अध्यादेशको समर्थनमा पुर्वी नवलपरासीमा थारु समुदायका विभिन्न संघसस्थाले प्रदर्शन गरेका छन् ।

थारु कल्याणकारिणी सभा र नागरिक उन्मुक्ति पार्टीको अगुवाईमा कावासोती १६ डण्डामा र्‍याली सहित अध्यादेशको समर्थनमा थारुहरुले सभा गरेका हुन ।

विरोध सभामा सहभागीले रेशम चौधरीको तत्काल रिहाई गर्नुपर्ने , सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्ने माग गरीएको थारु कल्याणकारिणी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महतोले बताए । सरकारले चौधरीको रिहाई नगरेमा थप आन्दोलनका कार्यक्रम गरीने र अध्यादेशको विरोध गर्नेहरुलाई थारु समुदायले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : २०७९ मंसिर २९ गते १८:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI