नवलपुर । नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्याका मुख्य आरोपित पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेल पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार २० वर्षका भुजेल नेपाल भारत सिमाको काकडभित्ताबाट आज साँझ पक्राउ परेका हुन् । पक्राउ परेका आरोपित भुजेललाई बिहिबार बेलुका सम्म नवलपुर ल्याइसक्ने प्रहरीको तयारी छ ।गिरीको हत्यापछि फरार रहेका उनि विरुद्ध परिवारले किटानी जाहेरी समेत दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नवलपुर प्रहरीको विशेषटोलीले उनलाई पक्राउ गर्न सफल भएको स्रोतले बताएको छ । ५२ वर्षका अटो चालक माधवप्रसाद गिरीको हत्या गरि शव घोलको हिलोमा गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा भेटिएको थियो ।
प्रकाशित : २०७८ माघ २६ गते २०:२९
Facebook Comment