अज्ञात समुहद्वारा कानुको शालिक तोडफोड : कार्वाही गर्न हुप्सेकोट कांग्रेसको माग

NAWALPUR TIMES

अज्ञात समुहद्वारा कानुको शालिक तोडफोड : कार्वाही गर्न हुप्सेकोट कांग्रेसको माग
1715683437405

कावासोती । हुप्सेकोट गाउँपालिकाका पुर्व वडा अध्यक्ष चित्रबहादुर कानु मगरको सालिक अज्ञात समुहले तोडफोड गरेको छ ।

गए राती कांग्रेस नेता समेत रहेका स्वर्गीय चित्रबहादुर कानु स्मृति उद्यानमा राखिएको कानुको अर्धकदको शालिक तोडफोड भएको हुप्सेकोट कांग्रेस सभापति बलबहादुर रानाले जानकारी दिए ।

यसै बिच स्वर्गीय कानुको सालिक तोडफोड भएको घटनालाई अक्षम्य अपराध भएको ठहर गर्दै हुप्सेकोट कांग्रेसले तत्काल दोषी पत्ता लगाएर कार्वाही गर्न स्थानीय प्रशासन सँग माग गरेको छ ।

कांग्रेस हुप्सेकोट सभापति बलबहादुर रानाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दोषी माथी कार्वाहीको माग गरेका छ्न ।

“नेपाली काग्रेसका नेता मात्र नभएर समाजमा साझा व्यक्तिको रुपमा परिचित उहाँको सम्मान गर्दै सदा स्मरणका लागि निर्मित शालिक तोडफोड गर्नु अक्षम्य अपराध भएको नेपाली कांग्रेस हुप्सेकोटको ठहर छ । उक्त घटना जुन सुकै व्यक्ति वा समुहले घटाएको भएतापनि त्यसको तत्काल छानविन गरि दोषी उपर कडा कारवाही गर्न स्थानिय प्रशासन सँग जोडदार माग गर्दछौ । सालिक तोडफोड जस्तो अमर्यादित कार्यको घोर भर्त्सना गर्दै यस्ता उच्छृंखल गतिविधी गर्ने व्यक्ति वा समुहप्रति नेपाली कांग्रेस हुप्सेकोट कठोर भएर प्रस्तुत हुने यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौ”, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology