१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा

NAWALPUR TIMES

१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा
Nepali U19 Women Cover

कावासोती । आउँदो जनवरीमा मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली खेलाडीको टोली बन्द प्रशिक्षणका लागि चितवन गएको छ ।

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली चितवन गएको हो ।

चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाका अनुसार आजदेखि बन्द प्रशिक्षण शुरू हुँदैछ । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने छन् ।

बन्द प्रशिक्षण यही पुस २२ गते सम्म चल्नेछ । बन्द प्रशिक्षण सकिएलगत्तै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology