१५ दिन पछि हटयो पांग्रेको पहिरो,सडक सुचारु

NAWALPUR TIMES

१५ दिन पछि हटयो पांग्रेको पहिरो,सडक सुचारु
IMG 20240705 WA0005 1

कावासोती। गत असार २० गते देखि पहिरोको कारण अवरुद्ध दलदले-डेढगाउँ सडक बिहिबार देखि सन्चालनमा आएको छ ।

लगातार परेको वर्षाको कारणले सडकको कुमसोत-पोखरी खण्डमा पर्ने पांग्रेमा गएको पहिरोको कारण सडक अवरुद्ध भएको थियो । निरन्तर भएको वर्षाको कारणले पहिरो पन्छाउन समस्या भएकाले सडक अवरुद्ध भएको थियो ।

गएको सोमबार हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल, सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सहितको टोलीले स्थलगत अनुगमन गरेर निर्माण कम्पनीलाई पहिरो हटाउन निर्देशन दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बिहिबार दिउँसो बाट सडक सुचारू भएको हो । १० मिटर जति बाटोको बेस पहिरोले बगाएका कारण वर्षा भए फेरि पनि पहिरोको कारणले सडक अवरुद्ध हुने जोखिम रहेको उपरीक्षक पौडेलले बताए ।

यो सडक अवरुद्ध हुँदा दलदले र कावासोती भएर नवलपुरको पहाडी क्षेत्र सन्चालन हुने यातायात चल्न सकेका थिएन्न भने पहाडी क्षेत्रका स्थानियलाई जिल्ला सदरमुकाम सहित मुख्य सडक सन्जालमा जोडिन कालीगण्डकी करिडोर हुँदै गैँडाकोट निस्किनु पर्ने बाध्यता थियो ।

नवलपुरको दलदले र जिल्ला सदरमुकाम कावासोतीबाट छुटेका सवारी साधनहरु कुमसोत पुगेर यो बाटो हुँदै जिल्लाका पहाडी भेगमा जाने गर्दछ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology