हुप्सेकोटमा गर्भवती श्रीमतीको श्रीमानद्वारा कोदालो र खुर्पाले हानेर हत्या

NAWALPUR TIMES

हुप्सेकोटमा गर्भवती श्रीमतीको श्रीमानद्वारा कोदालो र खुर्पाले हानेर हत्या
1705813216770

कावासोती । नवलपुरको हुप्सेकोटमा श्रीमानले कोदालो र खुर्पाले हानेर श्रीमतीको हत्या गरेका छ्न ।

हुप्सेकोट-६ बिरुखर्कका शेर बहादुर लम्का मगरले ९ महिनाकी गर्भवती श्रीमती चनिसरा लम्का मगरलाई संगै सुतिरहेको अवस्थामा रातको करिब १ बजे कोदालो र खुर्पाले प्रहार गर्दा घट्ना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतक महिलाका श्रीमान तथा कोदालो र खुर्पा प्रहरी नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology