हुप्सेकोटको सरस्वती मा.वि.मा भएको जिल्ला स्तरिय वक्तित्वकलामा मध्यविन्दु कलेजकि छात्र प्रथम

NAWALPUR TIMES

हुप्सेकोटको सरस्वती मा.वि.मा भएको जिल्ला स्तरिय वक्तित्वकलामा मध्यविन्दु कलेजकि छात्र प्रथम
Untitled

दिपेन्द्र रेग्मी, कावासोती । जिल्ला स्तरीय माध्यमिक तहका विद्यार्थीहरुबीचको जिल्ला स्तरिय वक्तित्वकला प्रतियोगितामा मध्यविन्दु बहुमुखि क्याम्पसकी छात्रा शीतल पौडेल प्रथम हुनुभएको छ ।

नवलपुरको हुप्सेकोट गाउँपालिका ३ मा अवस्थित श्री सरस्वति सँस्कृत तथा साधारण मा.वि. गिरुवारिले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा मध्यविन्दुकि छात्रा पौडेल प्रथम हुन सफल हुनुभएको हो । “कृत्रिम बौद्धिकता(एआई)को प्रयोग र यसको चुनौती“ विषयक वक्तित्वकला प्रतियोगितामा गैंडाकोट नमूना माविका छात्र ईमेन्सराज सुवेदी द्वितीय, नेपाल नमूना माविका छात्र सुदिप पोख्रेल तृतीय एवं जनता मा.वि. बेलुवाका छात्रा यमुना अर्यालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

२०२७ सालमा स्थापना भएको सरस्वति सँस्कृत तथा साधारण मा.वि.ले ५३ वर्ष पुरा गरि ५४ औँ वर्षमा प्रवेश गरेको अवसरमा यहि २९ गते शनिबारदेखि स्वर्ण महोत्सव मनाउन सुरु गरेको हो । स्वर्ण महोत्सवको दोश्रो दिन वक्तित्वकला प्रतियोगिता सहित, रक्तदान एवं पूर्व शिक्षक र पूर्व विद्यार्थी मिलान एवं सम्मान कार्यक्रम समेत गरिएको थियो ।

आईतबार भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको विद्यालयका प्रध्यानाध्यापक टंकनाथ ढकालले जानकारी दिनुभयो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अमर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । स्वर्ण महोत्सव आउँदो पुस ३ गतेसम्म चल्ने बताईएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology