हामीले धर्म निरपेक्ष बनाएर गलत गर्‍यौं

NAWALPUR TIMES

हामीले धर्म निरपेक्ष बनाएर गलत गर्‍यौं
Shashank Koirala 768x461 1

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले धर्म स्वतन्त्र हुने भएकाले निरपेक्ष बनाएर गलत गरेको बताएका छन् । महासमितिको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले कांग्रेसलाई गठबन्धन आवश्यक नभएको बताए ।

उनले भने, ‘चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त सरकार बनाउँदा मात्रै बनाउनुपर्छ । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् । कांग्रेसको तर्फबाट मत खस्छ । ३६४ दिन कांग्रेस बन्ने मत हाल्ने दिन चाहिँ अरुलाई हाल्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology