हङकङ सिक्सेस : तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि नेपालको एतिहासिक जित

NAWALPUR TIMES

हङकङ सिक्सेस : तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि नेपालको एतिहासिक जित
1730427553352

कावासोती । नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली छ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस गर्‍यो । नेपालको जितमा सन्दीप जोरा नायक रहे । उनले १७ बलमा ७१ रन बनाए । नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली छ विकेटको जित निकालेको छ ।

नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस गर्‍यो । नेपालको जितमा सन्दीप जोरा नायक रहे । उनले १७ बलमा ७१ रन बनाए ।

उनको ब्याटबाट पाँच चौका र आठ छक्का निस्केको थियो । यस्तै कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए । उनले एक चौका र दुई छक्का प्रहार गरे ।

नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान रवि बोपाराको रह्यो । उनले १२ बलमा ४९ रन बनाए । उनले एक चौका र सात छक्का प्रहार गरे । यसतै समित पटेलले १७ बलमा ३९ रन बनाए । उनले भने तीन तीन चौका र छक्का प्रहार गरे । अरू ब्याटरले भने गतिलो योगदान दिन सकेनन् ।

नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई/दुई विकेट हात पारे । यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट रह्यो । रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology