स्थायी शिक्षकमा नाम निक्लिए पछि सिङ्गो गाउँको हर्कबढाईँ

NAWALPUR TIMES

स्थायी शिक्षकमा नाम निक्लिए पछि सिङ्गो गाउँको हर्कबढाईँ
20240420 125037 scaled

कावासोती । कालीगण्डकी करिडोरले छोएको गैंडाकोट-३ गढाम्दीमा शनिबार बिहानै देखि मानिसहरुको आउजाउ बाक्लो थियो । न विवाहा, न वर्तवन्ध, न कुनै धार्मिक अनुष्ठान तर बाटो छेउमै जोडिएको कुलबहादुर सुनारीको घरमा उत्सबको तयारी हुँदै थियो ।

२०६८ सालमा शिक्षण पेशामा प्रवेश गरेका कुलबहादुर सुनारीले अस्थायी शिक्षकको रुपमा ९ वर्ष काम गरेपछी २०८० सालमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा प्रावी स्थायी शिक्षकको रुपमा नाम निकाले पछि सुनारी र उनको परिवार मात्रै होइन सिङ्गो गढाम्दि गाउँबासी निकै खुसी छ्न । त्यही खुसी साटन उनैको आगनमा कार्यक्रम आयोजना नै गरेर उनलाई बधाई तथा सम्मान गर्नेको बाक्लो उपस्थित थियो ।

त्यसो त गढाम्दी गाउँबाट स्थायी शिक्षकमा नाम निकाल्ने उनि पहिलो शिक्षक भएकाले पनि उनि सँगै सिङ्गो गाउँमा खुसियाली छाएको थियो । उनले नाम मात्रै निकालेन्न आफुले पढेको र विगत १२ वर्ष देखि पढाउदै आएको जनता प्रावी गढाम्दी मै उनको दरबन्दी कायम भयो । लामो समय देखि जनता प्रावी गढाम्दीमा अध्यापन गराईरहेक कुल सरको दरबन्दी आफ्नै विद्यालयमा कायम भए पछि उनका सहकर्मी तथा विद्यार्थी निकै खुसी देखिन्थे ।

आफैले पढाएको चेलो तथा विगत १२ वर्ष देखिका सहकर्मीले नाम निकालेर आफनै विद्यालयमा पदस्थापन भए पछि खुसी साटन आएका विद्यालयका प्रधानाध्यापक गकुलप्रसाद सिलवाल खुसी मात्रै भएनन, भावुक हुँदै विगत सम्झिदै कुल सरलाई बधाई दिदै भने ” गढाम्दी गाउँकै पहिलो तथा मेरो चेलो, सहकर्मी स्थायी शिक्षक भएर यही आउनु भएको छ, यो भन्दा गुरुलाई ठूलो खुसी के हुन सक्छ ”

आफैले सानै देखि हुर्काएको केटो अहिले आएर गाउँकै इज्जत र सान भएको विद्यालय व्यवस्था समितिका अध्यक्ष मित्रलाल सुनारी बताउछ्न । “कुल सरले आफ्नो मात्रै होइन सिङ्गो गाउँकै सान र ईज्जत राख्नु भो हामि निकै खुसी छौ ।”

सिङ्गो गाउँ, सहकर्मी साथीहरु र आफ्ना परिवार, आफ्न्तजन र विद्यार्थीको बधाई थापी रहदा गहभरी आँसु पारेर भावुक बनेका कुल सरले आफ्ना माता पिता, गुरुहरु र आफुलाई यहाँ सम्म पुर्‍याउने अग्रजलाई सम्झ्दै भने “हजुरहरुको साथ र मायाममता मैले कहिलै बिर्सने छैन ।”

विगतमा २ पटक आयोगको परीक्षा दिएका कुल सरलाई यसपटक पनि नाम ननिस्किएको भए उमेर हदले जागीर बाट बिस्थापित हुने डरले बेस्सरी सताएको थियो । यसपटक निकै मेहनत गरेर पढेको सम्झिदै कुल सरले भने अब आफ्नै गाउँको विद्यालय अब्बल र उत्कृष्ट बनाउन भरपुर मेहनत गर्ने बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology