सूर्यज्योति लाइफ इन्स्योरन्सद्वारा वार्षिकोत्सबको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ११ गते १५:५०
सूर्यज्योति लाइफ इन्स्योरन्सद्वारा वार्षिकोत्सबको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
Messenger creation 336b6aa1 57c7 4301 824f 839d6d09020e

कावासोती । सूर्यज्योति लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडको कावासोती शाखाले कम्पनीको १६औं वार्षिक उत्सवको अवसरमा शैक्षिक समाग्री वितरण गरेको छ ।

कम्पनीको १६ औं वार्षिक उत्सवको अवसरमा कावासोती शाखाको आयोजनामा गरिब तथा जेहान्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको हो ।

हुप्सेकोट गाउँपालिका वडा नं. २को चपाहामा रहेको श्री बालहित आधारभुत विद्यालयमा अध्ययनरत १७ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर रानाको उपस्थितीमा शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

कार्यक्रममा सुर्यज्योति लाइफका एजेन्सि म्यानेजर कुम्भसिह पाटा मगर, ज्ञानिसरा गैरे, लक्ष्मी पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर मल्ल, विद्यालयका सम्पुर्ण अभिभावक लगाएतका सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य सहित भनाई राख्दै प्रधानध्यापक नारायण प्रसाद पाण्डेले न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरु अध्ययनरत विद्यालयमा शैक्षिक समाग्री वितरण गर्दा थप नयाँ विद्यार्थीहरुको आगमनमा सहजता मिल्ने बताए । अहिले सम्म कुनै पनि संघ संस्थाले यसप्रकारको कार्यक्रम नगरेको बताउदै प्रधानाध्यापक पाण्डेले सूर्यज्योतिले लाइफ इन्स्योरेन्सलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहेका सुर्यज्योति लाइफ इन्स्योरेन्स कावासोती शाखाका प्रमुख टोप बहादुर रानाले सुर्यज्याति लाइफ इन्स्योरेन्स कम्पनीको बारे थप प्रष्ट पार्दै बिमाको महत्त्वको वारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका सभापति समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर मल्लले विमाको बारेमा आज प्रष्ट भएको र ग्रामिण भेगमा समेत बिमाको बारेमा जनचेतना जगाउनु पर्ने बताएका थिए । मल्लले विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीहको आफ्नो क्षमता अनुसार बिमा गर्दा बालबालिकाको भविष्यलाई राम्रो हुने अभिभावकहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रम कम्पनीकी एजेन्सी म्यानेजर एवं विद्यालयका शिक्षिका ज्ञानिसरा गैरेको संयाजकत्वमा सम्पन्न भएको थियो ।

प्रकाशित : २०८१ वैशाख ११ गते १५:५०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI