सुनवलमा प्रधानाध्यापकहरूको भत्ता पाँच हजार

NAWALPUR TIMES

सुनवलमा प्रधानाध्यापकहरूको भत्ता पाँच हजार
school bidhyalay

कावासोती । सुनवल नगरपालिकाले प्रधानाध्यापकहरूको भत्ता बढाएर पाँच हजार पुर्‍याएको छ। नगरपालिकाले मासिक संघीय सरकारले दिँदै आएको पाँच सयमा चार हजार पाँच सय थपेर पाँच हजार पुर्‍याएको हो।

सूचना नै जारी गरेर भनिएको छ,‘सुनवल नगरपालिका शिक्षा समितिको २०८१/०६/०७ को निर्णयअनुसार शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको जिम्मेवारी, कार्यक्षेत्र, भूमिका समेतलाई मध्यनजर गरी संघीय सरकारबाट प्राप्त हुने भत्ता रकममा नगरपालिकाले थप गरी कायम गरिएको छ, नगरपालिकाले तोकेको भत्ता नगरको स्रोतबाट व्यहोरिने हुँदा विद्यालयबाट अन्य कुनै पनि थप भत्ता व्यवस्था नगर्न/नगराउनुहुन अनुरोध छ।’

संघीय सरकारले हालसम्म माध्यमिक तहको प्रअको भत्ता मासिक पाँच सय,आधारभूत तहको प्रअ भत्ता ३ सय र प्राथमिक तहको प्रअ भत्ता दुई सय तोकेको थियो। तर,नगरपालिकाले माध्यमिक तहको प्रअको भत्ता मासिक चार हजार पाँच सय थप गरेर पाँच हजार पुर्‍याएको छ।

त्यस्तै, आधारभूत तहको प्रअ भत्ता २ हजार ७ सय बढाएर ३ हजार पुर्‍याएको छ। प्राथमिक तहको प्रअ भत्ता एक हजार ८ सय बढाएर २ हजार पुर्‍याएको छ। पछिल्लो समय शिक्षाको गुणस्तर खस्किरहेको बेला यसरी ह्वात्तै भत्ता बढाएपछि यसको चौतर्फी आलोचना हुन थालेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology