साफ महिला च्याम्पियनसिप: सेमिफाइनल प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

NAWALPUR TIMES

साफ महिला च्याम्पियनसिप: सेमिफाइनल प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै
1729737577343

कावासोती । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज समूह ‘बी’ का अन्तिम खेल हुँदैछन् । आज हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजेदेखि शुरू हुनेछ । सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ । नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनल पुग्न चाहन्छ । श्रीलंका पनि  नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।

समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान अकंबाट भुटान दोस्रो स्थानमा छ । ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ। अंकविहीन माल्दिभ्स पुछारमा छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology