सहकारी बिभाग प्रमुख कंडेलले बुझाए छानबिन समितीलाई सुझाव

NAWALPUR TIMES

सहकारी बिभाग प्रमुख कंडेलले बुझाए छानबिन समितीलाई सुझाव
IMG 20240910 WA0003

नवलपरासी
कांग्रेसको सहकारी विभागले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई लिखित सुझाव बुझाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले पार्टीका तर्फबाट संसदीय छानबिन विशेष समितिका संयोजक सूर्य थापालाई मंगलबार लिखित सुझाव बुझाईएको हो ।

कांग्रेसको सहकारी विभागले सातवटै प्रदेशमा पुगेर संकलन गरेको सुझावलाई समितिसमक्ष बुझाएको कांग्रेस सहकारी विभाग प्रमुख कँडेलले बताउनुभयो।

सहकारीका बचतकर्ता अधिकांश गरिब र विपन्न परिवारका भएको र उनीहरूले बचत गरेको रकम दुरुपयोग गरिएकाले दोषीलाई अविलम्ब कारबाही गर्न सरकार गम्भीर हुनुपर्ने पनि माग गरिएको छ ।

संसदीय छानबिन विशेष समितिलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको विभागका प्रमुख कँडेलले बताउनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology