सहकारी ठगलाई कारबाही हुँदै छ, बचकर्ताको रकम पनि फिर्ता गर्छौं : प्रधानमन्त्री ओली

NAWALPUR TIMES

सहकारी ठगलाई कारबाही हुँदै छ, बचकर्ताको रकम पनि फिर्ता गर्छौं : प्रधानमन्त्री ओली
pm oli 1

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए ।

“सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,” ओलीले भने, “६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।”

उनले सहरी ठगलाई कारबाहीमात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए ।

“सहकारी ठगलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको रकमसमेत फिर्ता गरिने छ,” ओलीले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology