सदस्यतासमेत खोसिएपछि मुकुलको प्रतिक्रिया- ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, पार्टीबाट होइन’

NAWALPUR TIMES

सदस्यतासमेत खोसिएपछि मुकुलको प्रतिक्रिया- ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, पार्टीबाट होइन’
1724223399840

कावासोती। डा. मुकुल ढकालले आफू पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निस्कासित भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यतासमेत खोसेपछि सामाजिक सञ्जालमार्फत् ढकालले आफूलाई रास्वपाबाट निस्कासन गर्ने अधिकार क्लबलाई नभएको प्रतिक्रिया दिएका हुन् । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन,’ उनले लेखेका छन् ।

न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि सभापति रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुपर्ने उनले बताएका छन् ।

ढकालले आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

‘न्यायिक निकायले क्लबको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनुपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ,’ उनले लेखेका छन् ।

यसैगरी सहकारी प्रकरणका सवालमा लामिछानेले आम जनतालाई भ्रमित पार्नेगरी भाषणबाजी गर्दै हिँडेको ढकालले आरोप लगाएका छन् । आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै लामिछानेले जनतामा भ्रम छरी राजनीति गरिराखेको ढकालको आरोप छ ।

‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्नेगरी भाषणबाजी गर्दै हिँडका छन्, आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्,’ उनले लेखेका छन्, ‘यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरि पनि नैतिकरूपले पतीत रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

रास्वपा)को आज कसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology