व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र ड्राइभिङ लाइसेन्समा राष्ट्रिय परिचयपत्र अनिवार्य

NAWALPUR TIMES

व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र ड्राइभिङ लाइसेन्समा राष्ट्रिय परिचयपत्र अनिवार्य
Nepal National Identity Card

आजदेखि व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी चालक अनुमतिपत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । १० असारमा प्रकाशित राजपत्र अनुसार यी सरकारी कागजातका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।

सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा राजपत्रमा विभिन्न निर्णय गरेको छ । सो निर्णयको (क)मा भनिएको छ, “नेपाल सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी त्यस्तो सेवा सुविधा प्राप्त गर्न ।”

सोही निर्णयको (ख) मा राजस्व, सवारी चालक अनुमतिपत्र र कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

त्यस्तै राजपत्रमा १ माघ २०८१ देखि बैङ्किङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेच सम्बन्धी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उल्लेख छ ।

त्यस्तै आजदेखि नै विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र निवृत्तिभरणका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology