वैदेशिक रोजगारीः ६ महिनामा ५३९ नेपालीको मृत्यु

NAWALPUR TIMES

वैदेशिक रोजगारीः ६ महिनामा ५३९ नेपालीको मृत्यु
1 96

वैदेशिक रोजगारीको क्रममा बिदेसिनेको संख्या बढेसँगै नेपाली युवाको मृत्यु संख्या पनि उकालो लागिरहेको छ। वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा ५३९ जनाको मृत्यु भएको छ।

बोर्डबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भई ज्यान गुमाएका व्यक्तिका हकवालाले लिएको आर्थिक साहायताको तथ्यांकका हेर्दा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या चिन्ताजनक देखिन्छ।

त्यस्तै, वैदेशिक रोजगारीको क्रममा बिरामी तथा अंगभंग हुनेको संख्या २२१, पारिवारिक उपचार खर्च पाउने ९४ जना, वैदेशिक रोजगारीबाट शव झिकाएको संख्या १२४, विदेशबाट ल्याइएका शव घरसम्मको ढुवानी ३८७ जना र उद्धार तथा खोजतलासमा ७३ जना रहेका छन्।

सबैभन्दा बढी वैदेशिक रोजगारको क्रममा मृत्यु हुनेको संख्या उच्च छ। उक्त तथ्यांक बोर्डबाट आर्थिक सहायता पाएकाहरूको मात्रै हो। करार अवधि सकिएपछि पनि वैदेशिक रोजगारीमा रहेको अवस्थामा कामदारको मृत्यु भएमा यस्ता मृतकका आफन्तले बोर्डबाट आर्थिक सहायता पाउँदैनन्। रोजीरोटीका लागि रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्।

यसरी बिदेसिएका नेपालीमध्ये कडा रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको बोर्डको तथ्यांक छ। आर्थिक अवस्थाकै कारण बिदेसिएका थुप्रै युवाले वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएर स्वदेश फर्किनुपरेको छ। खाडी मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गौला रोगको खतरा बढी हुने गरेको वैदेशिक रोजगार बोर्डका अधिकृतहरूले जानकारी दिएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology