वडाको व्यवस्थापनमा सबै विद्यार्थीलाई दिवा खाजा

NAWALPUR TIMES

वडाको व्यवस्थापनमा सबै विद्यार्थीलाई दिवा खाजा
download 2

कावासोती: पुर्वी नवलपरासीको कावासोती नगरपालिकाको ११ नं वडाले वडामा रहेको सामुदायिक विद्यालय नेपाल राष्ट्रिय आधारभुत विद्यालयको कक्षा ७ र ८ का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

यस अघि नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरे पनि आधारभुत विद्यालयको कक्षा ७ र ८ मा पढने विद्यार्थी भने दिवा खाजाको पहुँचमा थिएन्न ।

वडाको आफ्नै बजेटबाट विद्यालयको कक्षा ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीका लागि चालू आवको माघ महिना देखिनै दिवा खाजाको व्यवस्थापन गरिने कावासोती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनु भयो ।

एउटै विद्यालयमा अध्ययन गर्ने केही विद्यार्थीले खाजा खाने केही विद्यार्थी भोकै रहनु पर्ने अवस्थाको अन्त्य गर्न वडाको अन्य बजेट घटाएर बालबालिकाको लागी लगानी गरेको अध्यक्ष अधिकारी बताउनु हुन्छ । राज्यले दिवा खाजालाई न्युनतम कक्षा ८ सम्म व्यवस्था गर्नु पर्ने तथा खाजाको रकमलाई बढाउनु पर्ने बताउदै अध्यक्ष अधिकारीले कक्षा ८ सम्म खाजाको व्यवस्था गर्न पटक पटक नगरसभा र कार्यपालिका बैठकमा कुरा उठाएको भए पनि सुनुवाइ नभए पछि वडाको बजेटबाटनै बाकी रहेका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको अध्यक्ष अधिकारीले बताउनु भयो ।

यस विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु माझी, मुसहर, बोटे, दलित तथा विपन्न समुदायका भएका र ऊनीहरुका अभिभावकले दैनिक रुपमा आफैले दिवा खाजाको व्यवस्था गर्न समेत आर्थिक रुपले पनि समस्या रहेकाले वडाको निर्णयले अब सबै विद्यार्थी दिवा खाजाको पहुँचमा पुग्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विष्णुवीर रानाले बताउनु भयो । कक्षा ८ सम्म सन्चालन भएको उक्त विद्यालयमा १ सय ७० जना विद्यार्थीहरु अध्ययनरत रहेका छ्न ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology