लोकाहा खोला आसपास गैंडाको आक्रमणबाट अढाई महिनामा ५ जना घाइते

NAWALPUR TIMES

लोकाहा खोला आसपास गैंडाको आक्रमणबाट अढाई महिनामा ५ जना घाइते
IMG 20240104 WA0004 768x576 1

कावासोती । नवलपुरको लोकाहा खोला आसपास गएको मंसिर १९ यता गैँडाको आक्रमणबाट ५ जना स्थानीय घाईते भएका छ्न ।

देवचुली-१० र कावासोती-१ जोडने लोकाहा खोलाको पुल आसपास पछिल्लो अढाई महिना यता गैँडाको आक्रमण परेर ५ जना स्थानीय घाईते भएका हुन ।

मंगलबार कावासोती-१ निवासी ६४ वर्षीय धनबहादुर गाहा मगर देवचुली र कावासोती जोड्ने लोकाहा खोला पुल माथि गैंडाको आक्रमणमा परेर घाईते भएका देवचुली-१० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए ।

पछिल्लो अढाई महिनामा यहि पुलको आसपास गैंडाको आक्रमणमा परेर ५ जना स्थानीय घाईते हुँदा समेत सरोकारवाला निकायले गैँडा नियन्त्रणमा चासो नदिएको वडा अध्यक्ष घर्तीले बताए ।

गैँडा नियन्त्रणका लागि आफुले पटक पटक चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई पहल गरिदिन आग्रह गरेको भए पनि सुनुवाइ नभएको अध्यक्ष घर्तीले बताए । “जनता त्रसित छ्न, डिभिजन वन, निकुञ्ज सबौ सँग कुरा गरेको छु, सुनुवाइ हुदैन, वन्यजन्तु जोगाउने मात्रै कुरा छ जनताको जिउधनको सुरक्षाको विषयमा उहाँहरुलाई चिन्तानै छैन”, मगरले भने ।

लोकाहा खोला आसपास पटक पटक स्थानीयलाई आक्रमण गर्ने एउटै गैँडा रहेकाले त्यसलाई नारायणी नदि पारी निकुञ्जको जंगल लैजान आग्रह गरेको भए पनि निकुञ्जका कर्मचारी विभागिय प्रक्रिया देखाएर पन्छिने गरेको वडा अध्यक्ष घर्ती बताउछ्न ।

गएको मंसिर १९ यता कावासोती-६ कि ५० वर्षीया भुलमाया वि.क र चितवनको भुवन बस्ती बस्ने निवासी ५० वर्षीय छमबहादुर सारु,कावासोती-१ लोकाहाको स्यालीमा आफ्नै घर पछाडीको बारीमा काम गरिरहेका ४० वर्षीय पुष्प परियार, देवचुली-१० कि ठगिसरा सुनारी, कावासोती-१ का धनबहादुर गाहा मगर गैँडाको आक्रमणमा परेर घाइते भएका हुन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology