लिङदेनको प्रश्न : “रवि लामिछानेलाई छानबिन नै गर्नु नपर्ने कुन देशको व्यवस्था हो ?”

NAWALPUR TIMES

लिङदेनको प्रश्न : “रवि लामिछानेलाई छानबिन नै गर्नु नपर्ने कुन देशको व्यवस्था हो ?”
rajendra 1712664256

कावासोती । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माथि खनिएका छन् । मंगलबार आफूहरूले प्रदर्शन गर्ने क्रममा प्रहरीले रोकेको भन्दै उनले थापाथलीमा आयोजित सभामा आक्रोश पोखे ।

ठूला भनिएका सबै पार्टीले मिलेर भ्रष्टाचार गरेको आरोप लगाएका लिङदेनले गृहमन्त्री लामिछानेलाई निर्मला पन्तको हत्या गर्ने व्यक्ति को हो ? भनी प्रश्न गरे । “नयाँ भन्नेहरूले कस्तो फुर्तीसाथ भनेका थिए, सबैभन्दा पहिले भनेका थिए– सबैभन्दा पहिले निर्मला हत्याकाण्डको अपराधी पत्ता लगाउँछु भनेर आदेश दिएको होइन ?,cउनले प्रश्न गरे, “कहाँ पुग्यो तपाईंको आदेश ? को हो निर्मला हत्याकाण्डको अपराधी ? नक्कली कुराहरू धेरै दिन टिक्दैन ।”

उनले सहकारीको रकम ठगी प्रकरणमा लामिछानेमाथि छानबिन नै गर्न नहुने कुन देशको व्यवस्था हो ? भनी थप प्रश्न गरे ।

“सुशासनको कुरा अरूलाई मात्र लागु हुने, तपाईंलाई लागु नहुने भन्ने हुन्न गृहमन्त्रीज्यू । देशले प्रश्न उठाइराखेको छ । सहकारीको विषयमा तपाईंले सफाइ दिनु पर्दैन ? तपाईंले छानबिनका लागि बाटो खोलाउनु पर्दैन ?,” उनले प्रश्न गरे, “रवि लामिछानेलाई छानबिन नै गर्नु नपर्ने कुन देशको व्यवस्था हो ?”

उनले पहिलो दिनको कार्यक्रममा बल प्रयोग गरिए पनि आफूहरू पछि नहट्ने बताए । नेपाली कांग्रेस र नेकपा (एमाले) माओवादीको मुद्दामा हिँडेको र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि त्यही एजेन्डामा आइपुगेको आरोप उनले लगाए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology