लागू औषध सहित गैंडाकोटबाट २ जना पक्राउ

NAWALPUR TIMES

लागू औषध सहित गैंडाकोटबाट २ जना पक्राउ
1710767575173

कावासोती । नवलपुर प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

गैंडाकोट-९ थुम्सीमा डेरा गरि बस्दै आएका २ जनालाई लागू औषध र नगद सहित पक्राउ गरेको हो । पश्चिम नवलपरासीका २६ वर्षीय सन्तोष कुमार गुप्ता र २६ वर्षकै विवेश तेलीलाई पक्रउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २३३ एम्पुल आएपीपीएल, २०३ एम्पुल सेरिज्याक र फेनार्गन २३० एम्पुल गरी ६६६ एम्पुल प्रतिवन्धित लागू औषत बरामद गरेको प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट लागु औषध कारोबारबाट जम्मा भएको ४५ हजार नगद पनि बरामद् गरेको जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology