रेडियो संकेतको तीज गीत प्रतियोगितामा गैंडाकोट बोडिङ्ग स्कुल प्रथम

NAWALPUR TIMES

रेडियो संकेतको तीज गीत प्रतियोगितामा गैंडाकोट बोडिङ्ग स्कुल प्रथम
Messenger creation 8F6C677D 87F8 493F ACE5 13D3AE1B6129

गैंडाकोट । रेडियो संकेत ९३ मेगाहर्जले शनिबार आयोजना गरेको ‘बृहद खुल्ला तीज गीत प्रतियोगिता २०८१’ मा गैंडाकोट बोडिङ्ग स्कूल प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर २ मा रहेको शिलानास टोल महिला समूह दोस्रो भएको छ । सरस्वती बोर्डिङ स्कुल तेस्रो र प्रगति टोल महिला विकास समूहले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।

४० टीमले सहभागिता जनाएको खुल्ला तीज गीत प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत राखिएको थियो । प्रख्यात भजन गायक एवं योगा प्रशिक्षक हिरालाल कँडेल, लोकगायक सुरज भण्डारी र शिक्षाविद रञ्जना लामिछाने सहितको निर्णायक मण्डल रहेको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः रू १५ हजार, रू १० हजार र रु ५ हजार नगद तथा प्रमाण प्रदान गरिएको थियो । प्रोत्साहन पुरस्कार स्वरूप रू ३ हजार एक समूहलाई प्रदान गरिएको थियो ।

होटल द नारायणी रिसोर्टमा आयोजित प्रतियोगितात्मक समारोहमा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला, सञ्चालक समिति अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, कार्यक्रम संयोजक सुजन अधिकारी र अन्य अतिथिहरूले पुरस्कार वितरण गरेका थिए । समारोहमा उपमेयर शान्ति कोइरालाले प्रमुख अतिथिको मन्तव्य दिँदै रेडियो संकेतले प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै संस्कृति बचाउन रेडियो संकेत ९३ मेगाहर्जको भूमिका अत्यन्तै सम्मानयोग्य भएको भन्दै बधाई दिइन । उनले आफ्नो मन्तव्यमा एक डेढ महिना अघिदेखि नै महङ्गा होटल तथा रेष्टुराँमा गएर तीजका नाममा भोज (दर) खाने प्रबृत्तिले अनावश्यक खर्च बढ्दै गएको र महिलाहरूमा सिर्जनशीलता र धर्म संस्कृतिहरूप्रतिको मोह घट्दै गएकोमा चिन्ता व्यक्त गरिन्।

समारोहमा रेडियोका पूर्व अध्यक्ष एवं समाजसेवी षडानन्द लामिछाने, वेदप्रसाद गौडेल, यज्ञ विलास पौडेल, कृष्ण कण्डेल, विष्णु पन्थी, शारदा ढकाल, सिर्जना पौडेल, लगाएका अतिथिहरूले आफ्नो मन्तव्यमा तडकभडक नगरी मौलिक रूपमा तीज मनाउन आग्रह गरे । रेडियो संकेत ९३ मेगाहर्जले २०७४ सालदेखि प्रत्येक वर्ष तीज पर्वका अवसरमा बृहत तीज गीत प्रतियोगिताको आयोजना गर्दै आएको र संस्कृति जोगर्ना गर्नका लागि थप कार्यक्रमहरू समाजमाझ ल्याउने रेडियोका स्टेसन म्यानेजर सुजन अधिकारीले जानकारी दिए । प्रतियोगितात्मक कार्यक्रमको सहजीकरण संचारकर्मी द्वय राजेन्द्र पौडेल र सुरज पौडेलले गरेका थिए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology