रात पारेर आएका वन मन्त्री : उदघाटन गरे, माफी मागे, फर्किए

NAWALPUR TIMES

रात पारेर आएका वन मन्त्री : उदघाटन गरे, माफी मागे, फर्किए
AddText 12 04 07.47.02

सन्जय भट्टराई/कावासोती । शनिबार चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतको लामिचौर उपभोक्ता समितिको नवनिर्मित भवन उदघाटनको कार्यक्रम तय थियो ।

संघीय सरकारका वन मन्त्री रामसहाय प्रसाद यादवले नवनिर्मित भवनको उदघाटन गर्ने भए पछि आयोजकले तामझामका साथ तयारी गरेको थियो । जनप्रतिनिधि , सरकारी निकायका प्रतिनिधि , सामुदायिक वनका अध्यक्ष , पत्रकार , आम उपभोक्तालाई २ बजे कार्यक्रम स्थलमा उपस्थित हुन निम्तो आयोजकले दिएको थियो ।

आयोजकको निम्तो पाए पछि निम्तालुहरु दिनको २ बजेको आसपास कार्यक्रम स्थल कावासोती-१३ को गैरी पुगेका थिए, उपस्थित राम्रै थियो । दुई बजे आईपुग्ने भनिएका वन मन्त्री साँझको ५ बज्दा सम्म पनि आईनपुग्दा कार्यक्रममा आएका मध्ये धेरैनै फर्किए भने कार्यक्रमनै नहुने हो कि भन्ने छट्पटीमा थिए लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेल सहितका आयोजक ।

काठमाडौं बाट भैरहवा हुँदै पश्चिम नवलपरासीको रामग्राम र पाल्हीनन्दनमा पार्टीको कार्यक्रममा सहभागी भएर उदघाटन स्थलमा मन्त्री यादव आईपुदा सांझको ६ बजि सकेको थियो भने मन्त्रीलाई आफ्ना समस्या सुनाउन र मन्त्रीका कुरा सुन्न आएका मध्य थोरै मात्रै अन्तिम सम्म रहेका थिए ।

अँध्यारो भए पछि आएका मन्त्री यादवले बत्ती बालेर भवनको उदघाटन गरे र कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको कार्यक्रम कारण र दाउन्नेको जामको कारणले ढिला भएको भन्दै माफी मागे , मध्यवर्ती क्षेत्रको समस्या समाधान गर्न आफुले काम गर्ने बताए र आफ्नो मन्त्वय टुङगाए अनि लावालस्कर सहित फर्किए ।

चितवन राष्ट्रिय निकुञ्ज बाट  निस्क्ने वन्यजन्तु, निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली लगाएतका कुराले मध्यवर्ती क्षेत्र भित्र बस्ने नागरिकलाई परेको सम्स्याको विषयमा मन्त्रीले केही बोल्छ्न भनेर अन्तिम सम्म कुरेर बसेकाहरु भने निरास भएर फर्किनु पर्यो । ।

मन्त्रीले दिनभर कुराएर माफी मात्रै मागेर फर्किए पछि स्थानीयले आक्रोश सँगै सँगै दु:ख व्यक्त गरेका छ्न । “समय दिएर समयमा त आउनु भएन आएर माफी मात्रै मागेर जानू भन्दा त बरु आउदै न आएको भए हुन्थ्यो”, कार्यक्रममा सहभागी एक जना सामुदायिक वनका अध्यक्षले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology