रडस रामपुरलाई पराजित गर्दै योङ्ग ब्वाइज चितवन प्रथम देवचुली गोल्डकपको सेमिफाइनलमा

NAWALPUR TIMES

रडस रामपुरलाई पराजित गर्दै योङ्ग ब्वाइज चितवन प्रथम देवचुली गोल्डकपको सेमिफाइनलमा
Messenger creation 0A24935E A9FA 4793 98BA 590C230C0648

कावासोती । योङ्ग ब्वाइज चितवन देवचुलीको पृथ्वीनगरमा जारी प्रथम देवचुली गोल्डकपको सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ ।

बिहिबाबार सम्पन्न खेलमा पहिलो क्वाटरफाईनलमा रडस रामपुरलाई २-० गोल अन्तरले पराजित गर्दै योङ्ग ब्वाइज चितवन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा योङ्ग ब्वाईजका लागि सिमासु थापा र समीर श्रेष्ठ १/१ गोल गरेका थिए । खेलको म्यान अफ द योङ्ग ब्वाईज चितवनका समीर श्रेष्ठ भएका छ्न । भोलिको दोस्रो सेमिफाइनलमा अभिषेक चर्च रजहर र देशभक्त फुटबल क्लव खेल्नेछन ।

शान्तिदिप युवा क्ल्बको आयोजनामा सन्चालन भएको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद तथा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology