रजत वर्षको अवसरमा एकीकृत दुग्ध विकास सहकारीको तिज गीत प्रतियोगिता, लालीगुराँस आमा समुह प्रथम

NAWALPUR TIMES

रजत वर्षको अवसरमा एकीकृत दुग्ध विकास सहकारीको तिज गीत प्रतियोगिता, लालीगुराँस आमा समुह प्रथम
1725111363294

शारदा झेडी मगर, कावासोती । २०५६ सालमा स्थापना भएको एकिकृत दुग्ध बिकास सहकारी संस्था लि कावासोती ८ ले आफ्नो रजत वर्षको अवसरमा आज तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । “दुध उत्पादनद्वारा आर्थिक रुपान्तरणमा सहकारीको भुमिका” विषयक तीज गित प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतियोगितामा लालीगुराँस आमा समुह कावासोती ६ माझटोलले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने प्रगती दुग्ध उत्पादक कृषक समुह कावासोती-८ द्वितीय , लालीगुरास आमा समुह कावासोती-६ कोखे टोलले तृतिय स्थान हासिल गरेका छन् । यसैगरि बैदिक भजन समुह कावासोती-८ ले सान्त्वना र प्रोत्साहन स्वरुप मनकामना श्रीकृष्ण भजन समुह कावासोती ८ लाई सम्मान गरिएको कार्यक्रम संयोजक रुद्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष बालकुमार शर्मा भुसालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि समेत रहनु भएकी गण्डकी प्रदेश सभाका पुर्व सभासद् ओमकला गौतमले उदघाटन गर्नु भएको हो ।

लोक दोहोरी प्रतिस्ठानका संस्थापक महासचिव तेज बहादुर के सी निर्णायक समिती संयोजक रहनु भएको प्रतियोगितामा पत्रकार एवं कुमारवर्ती बहुमुखी क्याम्पसका प्रध्यापक शारदा झेडी मगर र रेडक्रस सोसाईटी नवलपुर जिल्ला शाखाका कोषाध्यक्ष बेदप्रसाद शर्मा न्यौपाने सदस्य रहनुभएको थियो । प्रतियोगितामा कावासोती नगरभित्र रहेका विभिन्न आमा समुह एवं महिला समुहका १५ समुहले सहभागिता जनाएका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology