मोरङमा राति शाैच गर्न गएकी किशोरीको विभत्स हत्या

NAWALPUR TIMES

मोरङमा राति शाैच गर्न गएकी किशोरीको विभत्स हत्या
download

कावासोती । मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ । खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ ।

स्थानीयवासीका अनुसार शनिश्चरे–१ स्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत किशोरी राई मामाघरमा बस्दै आएकी थिइन् । गए राति शौचालय जाने क्रममा उनको हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।

राति सुतिसकेको समयमा आवाज आएपछि हेर्न जाँदा ज्ञानकुमारीलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी भागेको देखिएको किशोरीका दाजु विमल राईले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology