मैत्रीपूर्ण टि-२० क्रिकेट प्रतियोगितामा नेपाल र हङकङ खेल्दै

NAWALPUR TIMES

मैत्रीपूर्ण टि-२० क्रिकेट प्रतियोगितामा नेपाल र हङकङ खेल्दै
1709952064050

कावासोती । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। उक्त खेल बिहान ११ः१५ बजे सुरू हुनेछ।

नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ। त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते  हङकङसाग खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology