माछा मार्न गएका युवाको नारायणीमा डुबेर मृत्यु

NAWALPUR TIMES

माछा मार्न  गएका युवाको नारायणीमा डुबेर मृत्यु
1604821418.dead body

कावासोती । नवलपुरमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

गै‌डाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट गाउँपालिका १४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो ।

माछा मार्ने क्रममा नारायणीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए ।

माछा मार्न गएका राना राति अबेरसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology