मध्यविन्दुमा रोदनका गजल गुन्जिदै

NAWALPUR TIMES

कावासोती । मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीमा युवा गजलकार प्रदिप रोदनको विशेष गजल वाचन हुने भएको छ ।

असोज १४ गते आईतबार नेकपा एस निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको मध्यविन्दु क्याम्पस कमिटीले आयोजना गरेको नव आगन्तुक विद्यार्थीहरुको स्वागत सम्मान कार्यक्रममा गजलकार प्रदिप रोदन को विषेश गजल वाचन रहने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष मदन गिरीले जानकारी दिए ।

अनेरास्ववियुका केन्द्रिय कार्यालय सदस्य राजन पराजुलीको प्रमुख आतिथ्यता सम्पन्न हुने कार्यक्रममा कलाकारहरु दिप काफ्ले र संजय देवकोटाले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ ।कार्यक्रम बिहान ८ बजे बाट सुरु हुने जनाईएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology