बौदिकालीमा रुखबाट खसेर जेष्ठ नागरिक गम्भीर घाइते

NAWALPUR TIMES

बौदिकालीमा रुखबाट खसेर जेष्ठ नागरिक गम्भीर घाइते
images

कावासोती । नवलपुरको बौदीकालीमा रुखबाट खसेर एक जना जेष्ठ नागरिक गम्भीर घाईते भएका छ्न ।

बौदीकाली-२ का ८० वर्षीय कुलबहादुर श्रेष्ठ घाँस काटने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।

आफ्नै खरबारीमा रहेको खन्युको रुखमा घाँस काटन चढेका श्रेष्ठ रुखबाट खसेर गम्भीर घाईते भए पछि रकुवा प्राथमिक सेवा केन्द्र लगिएको थियो । उनलाई त्यहाँ बाट थप उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुख बाट खसेर गम्भीर घाईते भएका श्रेष्ठको अवस्था अचेत रहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology