प्रतिबन्धित लागू औषध सहित नवलपुरबाट एक जना पक्राउ

NAWALPUR TIMES

प्रतिबन्धित लागू औषध सहित नवलपुरबाट एक जना पक्राउ
Screenshot 20240421 194133 Microsoft 365 Office

कावासोती । नवलपुरमा प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ परेका छन ।

कावासोती-१६ स्थित चालिस किलो जंगलमा पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ७६३३ नं.को बसमा बाट नवलपुर प्रहरीले प्रतिबन्धित विभिन्न नाम गरेका ६०० एम्पुल लागू औषध सहित लम्जुङ बेसिशहरका अनिल थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेका थापा को झोलाबाट नुफिन २०० एम्पुल, फेनेरागन २०० एम्पुल, डाईजापाम २०० एम्पुल गरी जम्मा ६०० एम्पुल प्रतिबन्धित लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology