पौडी खेल्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु

NAWALPUR TIMES

पौडी खेल्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु
Dead 1561007018

नवलपुरको कावासोतीमा खोलामा डुवेर एक बालकको ज्यान गएको छ ।

कावासोती नगरपालिका वडा नं. १५ बाण खोलामा पौडी खेल्ने क्रममा तनँहुको घिरिङ गाउपालिका वडा नं. २ स्थायी घर भएका १६ वर्षका किशोर रविन रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार राना जनता मावि त्रिभुवनटारमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।साथीहरुसँगै पौडी खेल्ने क्रममा खोलामा डुवेका रानाको आज दिउसो साढे २ वजे प्रहरी र स्थानीयले निकालेका थिए ।

शवलाई पोष्ट मार्टमका लागि मध्यविन्दु अस्पतालमा राखिएको छ ।गर्मी सिजन सुरु भएसँगै खोला तथा नदीहरुमा पौडी खेल्न जाँदा दुर्घटनाहरु भएका खबरहरु सार्वजनिक भएका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology