पेट्रोल–डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य यथावत

NAWALPUR TIMES

पेट्रोल–डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको मूल्य यथावत
156017 petrol diesel price

कावासोती । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।

हवाई इन्धनको मूल्य भने घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर दुई रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।

अब पेट्रोलको मूल्य काठमाडौं र पोखरामा प्रतिलिटर १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६० रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै डिजेलको मूल्य काठमाण्डौ तथा पोखरामा प्रतिलिटर १५३ रुपैयाँ, सुर्खेत र दाङमा १५२ रुपैयाँ र बाँकी क्षेत्रमा १५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर एक सय २६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाण्डौमा नौ सय ६०, पोखरामा सात सय ९३ र भैरहवामा सात सय ७८ अमेरिकी डलर कायम गरिएको छ ।

खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology