नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासीको किचलो वडातह सम्म

NAWALPUR TIMES

नेपाली कांग्रेस पश्चिम नवलपरासीको बिबाद क्रियाशिल सदस्यता नवीकरणमा पनि देखा पर्न थालेको छ। अघिल्लो निर्वाचन देखि प्रस्ट देखिएको गुटको राजनीतिको सिकार यहाँका वडा सभापति सम्मको नेतृत्व हुन पुगेका छन ।

हुन त वडा देखि नै नेपाली काङ्ग्रेसको निर्वाचन हुने भएका कारण तल्लो तह सम्म गुट क्रियाशिल हुने विषय सामान्य मान्छन काङ्ग्रेसका नेता कार्यकर्ता ।
यस पटक भने जिल्लाको एउटा गुटको नेतृत्व गरिरहेका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलका स्वकिय सचिव कमल किशोर रायमाझि सहित पालिनन्दन गाउँपालिकाका सभापति हरिहर चौहान सिकार बनेका छन ।

रायमाझी र चौहानले नेपाली काङ्ग्रेस पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०३ का वडा सभापति मोहन गोसाईलाई  धम्क्याएर क्रियाशील फर्म खोसेको आरोप सहित जिल्ला कार्यसमितिमा न्यायका लागि भन्दै माघ १४ मा निवेदन दर्ता भएको थियो ।
त्यस्तो निवेदन गोसाईकै नामबाट परेको भए पनि त्यसमा कुनै सत्यता नभएको भन्दै गोसाईले जिल्ला कार्य समितिमा सोमबार अर्को निवेदन पेश गरेका छन ।

IMG 20250203 WA0013

गोसाईले दिएको निवेदनमा रायमाझी र चौहानले क्रियाशिल सदस्यता नवीकरणको सन्दर्भमा कुनै दबाद नदिएको,फारम नखोसेको तथा पालिका सभापति मार्फत प्राप्त क्रियाशिल फारम आफू सङ्गै रहेको प्रस्ट पारेका छन ।

 

निवेदनमा यस अघिको उनको नामबाट लेखिएको निवेदनमा सत्यता नभएको, उक्त घटनाबाट रायमाझी र चौहान एवम स्थानिय उपेन्द्र गुप्ताको ब्यक्तित्वमा ठेस पुगेको प्रती दुख ब्यक्त गरिएको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology