नेकपा एस नवलपुरका सात जनाले गरे पार्टी परित्याग

NAWALPUR TIMES

नेकपा एस नवलपुरका सात जनाले गरे पार्टी परित्याग
download

नवलपुर । नेकपा एस नवलपुर जिल्ला कमिटी, गण्डकी प्रदेश कमिटी तथा नगर कमिटीमा रहेर काम गरिरहेका पदाधिकारीहरुले पार्टी परित्याग गरेका छन् ।

असार ३१ गते प्रेस विज्ञप्तिमार्फत नवलपुर जिल्ला कमिटीका कार्यालय सचिव तथा जिल्ला कमिटस् सचिवालय सदस्य, पेसागत महासङ्घ गण्डकी प्रदेश सचिव एवम् प्रगतिशील प्राध्यापक सङ्घ केन्द्रीय सदस्य नरनाथ पाण्डे र कावासोती नगर कमिटी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य गिरीधारी सिग्देललगायत अखिल नेपाल महिला संघ प्रदेश कमिटी सदस्य र अन्य सदस्यहरु गरी सात जनाले विज्ञप्ति प्रकाशन गरी राजीनामा दिने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा पार्टी समाजवादी मोर्चामा गएपछि कम्युनिस्ट आन्दोलनमार्फत नेपाली राष्ट्रियता अनुरुपको समाजवाद प्राप्त गर्ने आन्दोलन सफल नहुने बरु पार्टी माओवादी लाइनमै विलय हुने आरोप लगाउँदै पार्टी परित्याग गरिएको उल्लेख गरिएको छ ।

आफूहरुले पार्टी परित्याग गरे पनि हाल अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र विचार समूहमा बस्ने निर्णय गरेको पाण्डेले बताएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology