निकुञ्जले लिलाम गर्न लागेको काठ दाउराको न्युनतम मुल्य करिब १ करोड

NAWALPUR TIMES

निकुञ्जले लिलाम गर्न लागेको काठ दाउराको न्युनतम मुल्य करिब १ करोड
received 1608061319659181

कावासोती । पुर्व पश्चिम नारायणघाट बुटवल सडक खण्ड बिस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउराको न्युनतम मुल्य ९८ लाख ३६ हजार ९ सय ३६ रहेको छ ।

सडक बिस्तारको क्रममा चितवन राष्ट्रिय निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको सूचनामा जनाईए अनुसार काठ दाउराको न्युनतम मुल्य ९८ लाख ३६ हजार ९ सय ३६ रहेको हो ।

निकुञ्जले तोकेको न्युनतम मुल्य अनुसार शान्ति मध्यवर्ती सामुदायिक वनमा २३ लाख ५५ हजार १ सय ८७ को काठ र १ लाख ३२ हजारको दाउरा, राजरत्न मध्यवर्ती सामुदायिक वनमा २४ लाख ४० हजार ८ सय ३० को काठ र ३ लाख ५६ हजारको दाउरा, कुढौली मध्यवर्ती सामुदायिक वनमा २६ लाख ७५ हजार ६ सय ८६ को काठ र १ लाख ६६ हजारको दाउरा, झराही खोला किनारमा १३ लाख ६३ हजार ९४ को काठ र २ लाख ६४ हजारको दाउरा तथा दिव्य मध्यवर्ती सामुदायिक वनमा ६२ हजार १ सय ३९ को काठ र २२ हजारको दाउरा रहेका छ्न । पाँच वटा सामुदायिक वनमा रहेका काठ ८८ लाख ९६ हजार ९ सय ३६ र दाउरा ९ लाख ४० हजार न्युनतम मुल्य राखेर लिलाम गरिएको हो । लिलाम भएका काठ मध्य शान्ती, राजरत्न र कुढौली वनमा साल र टिक प्रजाती तथा झराही खोला किनारमा सिमल तथा दिव्य सामुदायिक वनमा सिसौका काठ दाउरा रहेका छ्न ।

निकुञ्जले २१ दिने सूचना निकालेर लिलामका लागि बोलपत्र आह्वान गरेर बोलपत्र स्वीकृत भैसकेको निकुञ्ज प्रशासनले जनाएको छ तर स्थानियले संरक्षण गरेको सामुदायिक वनको काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण नगरी लिलाम बढाबढ गरेर बिक्री बितरणका लागी निकुञ्जले सूचना निकालेर प्रक्रिया अगाडि बढाएको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि व्यक्त गरेका छ्न ।

निकुञ्जले काठ दाउरा लिलाम बिक्री गर्न सूचना निकालेर अगाडि बढी सकेको र बोलपत्र स्विकृत भए पनि बाटो बिस्तारको क्रममा सामुदायिक वनमा काटिएका काठ दाउरा आफुहरुले पाउनु पर्ने र नपाए आन्दोलन गर्ने सामुदायिक वनहरुले जनाएका छ्न ।

सामुदायिक वनहरुले वार्षिक कार्ययोजना अनुरुप काठ दाउरा पाईरहेकाले बाटो बिस्तारको क्रममा काटिएका काठ दाउरा निकुञ्जले लिलाम बिक्री गरेर राजस्वमा जम्मा गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बताए । काटिएको काठ दाउरा सडकको क्षेत्र भित्र पर्ने भए पनि सडक आयोजनाले आफुहरुलाई हस्तान्तरण गरेकाले नियमानुसारनै काठ दाउरा लिलाम बिक्रीका लागि आह्वान गरिएको तिवारीले बताए ।

निकुञ्जले जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब चार वर्ष अगाडि   काटेर राखिएको   १२ हजार १ सय ४४ क्युब फिट गोलिया काठ, ५७ थान पोल र साल मिश्रित ९८.५ चट्टा दाउरा लिलामको लागि २१ दिनको म्याद राखेर गत असार २५ गते सूचना निकालेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology