नारायणगढ–बुटवल सडकमा रास्वपाको पैदल यात्रा

NAWALPUR TIMES

नारायणगढ–बुटवल सडकमा रास्वपाको पैदल यात्रा
1703554467634

कावासोती । सडक विस्तारको कामलाई तिव्रता दिन दबाब स्वरुप राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल–नारायणगढ सडकमा पैदल यात्रा थालेको छ ।

सोमबार पूर्वी नवलपरासीको गैंडाकोट पुलचोकबाट सुरु गरेको पैदल यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिनिधिसभा सदस्यहरु निशा डाँगी, शिव नेपाली, हरि ढकाल, मनिष झालगायत सहभागी छन् ।

सोमबार १० बजे गैंडाकोटबाट सुरु भएको यात्रा ४४ किलोमिटर हिँडेर साँझ ७ बजे कावासोती–१६ डण्डा पुगेको छ । सभापति लामिछानेले जनताले वर्षौंदेखि सास्ती खेप्नुपरेको सडक निर्माणलाई तीव्रता दिनुपर्ने र यसका लागि दबाव स्वरुप पैदल यात्रा सुरु गरेको बताए ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमका अनुसार बुटवलसम्मको१ सय १३ किलोमिटरको पैदल यात्रा तीन दिनमा पूरा गर्ने लक्ष्य छ । ‘सडक विस्तार ढिलो हुँदा जनतालेसास्तीपाएकाले छिटोभन्दा छिटो काम सम्पन्न गरेर अन्त्य गर्न पैदल यात्रा सुरु गरिएको हो,’ प्रदेश सभापति गौतमले भने, ‘जनताका समस्या सुन्दै सभापतिसहितको हाम्रो टोली बुधबारसम्म बुटवल पुग्नेछ ।’

बुटवल–नारायणगढ सडक विस्तारको काम ५ वर्ष पुग्न लाग्दा ४४ प्रतिशत काम भएको छ । ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले कोरोना कहर र निमार्ण सामग्री अभावलगायतको बहाना बनाउँदै काममा ढिलाई गर्दै आएको छ ।

तीन वर्षमा सक्ने गरी २०७५ माघमा काम सुरु भएकोसडक विस्तारको काम दुई पटक म्याद थप गर्दा समेत आधा काम पनि हुन नसक्दा यात्रु दुर्घटनाको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तर ठेकेदार कम्पनीले भने अहिले कामले तीव्रता लिएको र २०८१ पुस मसान्तसम्ममा काम सक्ने दाबी गर्दै आइरहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology