नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौँ सडक अवरुद्व

NAWALPUR TIMES

नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौँ सडक अवरुद्व
456450073 8235370866509586 7298295303744740174 n 768x1024 1

कावासोती । नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अवरुद्व भएको छ । झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ ।

ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology