नवलपुर टाईम्सका कार्यकारी सम्पादक भट्टराईलाई ह्याप्पि प्रकृति संरक्षण पुरस्कार

NAWALPUR TIMES

नवलपुर टाईम्सका कार्यकारी सम्पादक भट्टराईलाई ह्याप्पि प्रकृति संरक्षण पुरस्कार
received 374465771882222

कावासोती । नवलपुर टाइम्सका कार्यकारी सम्पादक सन्जय भट्टराई ह्याप्पी एफएमले स्थापना गरेको ह्याप्पी प्रकृति संरक्षण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । सोमबार सिजि शाश्वत धाममा आयोजित घाडियाल काव्य उत्सव २०८०को अवसरमा भट्टराई सम्मानित भएका हुन ।

पुरस्कृत पत्रकार भट्टराई ह्याप्पी एफएममा स्थापना काल देखि संचार क्षेत्रमा जोडिएका थिए । हाल नवलपुर टाईम्सको कार्यकारी सम्पादकको जिम्मेवारीमा रहेका भट्टराईले संरक्षण र जैविक विविधताको क्षेत्रमा निरन्तर कलम चलाउदै आएका छन ।

नवलपुरको दलदले स्थित ह्याप्पी एफएमले अघिल्लो बर्ष सम्पन्न दोस्रो घडियाल महोत्सवमा हरेक वर्ष ह्याप्पी प्रकृति संरक्षण पत्रकारिता पुरस्कर दिने घोषणा गरे अनुसार तेस्रो घडियाल काव्य उत्सबको अवसरमा पुरस्कार वितरण गरिएको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology