नवलपुरमा सेनाका जवानद्वारा आफैलाई गोली हानेर गरे आत्महत्या

NAWALPUR TIMES

कावासोती । नवलपुरमा सेनाका जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छ्न ।

कावासोती नगरपालिका वडा नं ७ मा रहेको नेपाली सेनाको बाँदरझुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान धादिङका २२ वर्षीय सुदिप मिजारले आफैले आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेका हुन ।

सेनाको कोतघरमा रहेको  ५.६६ एम एम  मिनिमी गन द्वारा आँफ्नै घाँटिको अगाडिको भागमा  गोली हानेका उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology